अदालतमा रविले भने : पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छ | Khabarhub Khabarhub

अदालतमा रविले भने : पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छ


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा आफ्नो संलग्नता पुष्टि हुने कुनै आधार र प्रमाण नभएको दाबी गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बयान दिने क्रममा रविले समितिको प्रतिवेदनमा आफ्नाविरुद्ध कुनै प्रमाण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘ फिल्मको ‘स्कृप्ट’ भन्छन् नि श्रीमान, जुन पहिल्यै तयार गरिन्छ र त्यसैअनुसार छायांकन गरिन्छ। मेरो हकमा अदालतको प्रकृयाबाहेक पहिल्यै लेखिएको ‘स्कृप्ट’ अहिले छायांकन भइरहेको छ। संसदीय छानिबन विशेष समितिको प्रतिवेदनमा टेकेर मविरुद्ध अनुसन्धान गरिएको हो भनिएको छ। जबकी, समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा सहकारीको बचत अपचलनमा मेरो संलग्नता पुष्टि हुने आधार र प्रमाण पाइएन भनिएको छ।’

साथै उनले समितिका सभापति सुर्य थापाले लेखेको स्कृप्टका आधारमा आफूविरुद्ध षडयन्त्र भइरहेको बताए । रविले थापाले लेखेको स्कृप्टमा छायांकन भइरहेको र अहिले मध्यान्तर हुन लागेको उल्लेख गरेका थिए ।

‘विशेष समितिको सभापतित्व गर्नुहुने माननीयले प्रतिवेदन आएपछि सायद कुनै मिडियालाई अन्तरवार्ता दिन छुटाउनु भएको छैन’ उहाँले हर अन्तरवार्तामा प्रतिवेदनले नभनेका कुरा दावी गर्दै ‘यो गरिन्छ–त्यो गरिन्छ’ भन्नु भयो। रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मात्र होइन अरू कसुरमा पनि अनुसन्धान हुन्छ, मुद्दा चल्छ भन्नुभयो। एउटा जिल्लामा मात्र होइन विभिन्न जिल्लामा लगिन्छु भन्नुभयो। अनुसन्धान गरेर प्रतिवेदन ल्याउने संसदीय विशेष समितिको सभापतिले नै सिर्जना गरिदिएको ‘प्लट’मा नै अहिले छायांकन भइरहेको हो कि श्रीमान ?’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : २८ बजे

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले