बंगलादेशमा भएको आन्दोलनका क्रममा जेलबाट भागेका ७ सय बन्दी अझै फरार « Khabarhub

बंगलादेशमा भएको आन्दोलनका क्रममा जेलबाट भागेका ७ सय बन्दी अझै फरार


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही महिनाअघि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नेगरी भएको आन्दोलनका क्रममा फरार रहेका ७ सयभन्दा धेरै बन्दीको अवस्था अझै अज्ञात छ । बंगलादेशको कारागार सेवाका प्रमुख सइद मोहम्मद मोथाहरले समाचार संस्था एएफपीसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आन्दोलनका क्रममा २ हजार २ सय बन्दी जेलबाट भागेका थिए । तीमध्ये हालसम्म १५ सय बन्दी मात्र नियन्त्रणमा आएका छन् । बाँकी फरार ७ सयमध्ये ७० जना आतंककारी वा मृत्युदण्ड कुरिरहेका कुख्यात अपराधी रहेको उनको भनाइ छ ।

गत जुलाई महिनामा सयौँ आन्दोलनकारीले राजधानी ढाकानजिकै नरसिंहडी क्षेत्रमा रहेको कारागारका सयौँ बन्दीलाई जेलमुक्त गरेका थिए । त्यसबाहेक आन्दोलनका क्रममा अरु धेरै कारागारमा आक्रमण हुँदा सयौँ बन्दी फरार भएका थिए ।

बंगलादेश प्रहरीका प्रवक्ता इमाम होसेन सागरले फरार बन्दीलाई पुनः पक्राउ गर्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ११ : ३३ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी