यू-१९ विश्वकप अघि आज स्कटल्याण्डविरुद्ध खेल्दै नेपाल « Khabarhub

यू-१९ विश्वकप अघि आज स्कटल्याण्डविरुद्ध खेल्दै नेपाल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ। नेपाली समय अनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले अर्को ‘वाम अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।

नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ। दुई खेलमा नेपालले दुई जित निकालेको हो। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपालले नामिबियाविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको थियो।

विश्वकपको समूह ‘डी’मा नेपाल

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो। यू-१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन्।

यू-१९ विश्वकप : नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ०९ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको