दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले दाङमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु। दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’

गएराति बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि गुडेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस दाङको भालुबाङनिर राप्ती नदीमा खसेको थियो । घटनामा १२ जनको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएकाहरुको बुटवल, नेपालगञ्ज र भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

यो पनि…
दाङ बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ११ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर