दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले दाङमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्,बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु। दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’

गएराति बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि गुडेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस दाङको भालुबाङनिर राप्ती नदीमा खसेको थियो । घटनामा १२ जनको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएकाहरुको बुटवल, नेपालगञ्ज र भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

यो पनि…
दाङ बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ११ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित