प्राधिकरणले लाइन काटेका २३ उद्योगमा विद्युत जोडियो « Khabarhub

प्राधिकरणले लाइन काटेका २३ उद्योगमा विद्युत जोडियो


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगीहरूका काटेको विद्युत लाइन गएरातिबाट जोडिदिएको छ ।

हिजो उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गत मङ्गलबारको मन्त्रिपरिषद बैठकको निर्देशनअनुसार लाइन जोड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले महसुल विवादमा छानबिन समिति बनाउँदै काटिएका लाइन जोड्न निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार उर्जा मन्त्रालयमार्फत लिखित पत्र आएपछि प्राधिकरणले काटिएका लाइन जोडिदिएको हो ।

डेडिकेटेड र ट्रंक लाइन चलाएर बिजुलीको प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न २३ वटा उद्योगमा विद्युत कटौती गरेको थियो ।

प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन लिएका ६१ उद्योगले महसुल तिर्न बाँकी रहेको बताउँदै आएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : २३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य