जनताको गुनासो सम्बोधन हुन्छ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

जनताको गुनासो सम्बोधन हुन्छ : मन्त्री ज्वाला


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए । उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए । 

जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले भने, ‘आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।’ जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले बताए । पूर्वपश्चिम रेलमार्गाको रेखांकनको विषयमा आफूहरू छलफलका क्रममा रहेको उनले बताए । विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ । 

वास्तविकता के हो र यसबाहेकका विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल गरेर जनताको गुनासो सम्बोधन हुने उनले बताए । फरक प्रसङ्गमा मन्त्री ज्वालाले सडक निर्माणका लागि बजेटका कारण समस्या भएको बताए । सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रुपमा अघि बढ्न नसकेको उनले बताए । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग