माघ ११ गते मधेस बन्द गर्ने आम जनता पार्टीको घोषणा  « Khabarhub

माघ ११ गते मधेस बन्द गर्ने आम जनता पार्टीको घोषणा 


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रौतहट – आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ ।

‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो । 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यि विभिन्न माग गर्दै आजपाले यस अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । 

सरकारसंग यि माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो । 

आजपा मधेस प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् । 

‘हामी मागहरूको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने । 

आजपाले मधेस बन्द अघि १ देखी ९ माघ सम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाइकल र्याली तथा सोही दिन साझा मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यस अघि आजपाले १० माघमा मधेस बन्द सहित बिभिन्न कार्यक्रम घोषणा गरेको भए पनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो । यसैगरी आजपाले विरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : १७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई