कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण « Khabarhub

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

साना– इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो । यमनले ‘रेड सी’ मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो ।

इरान समर्थित लडाकूको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो । इजरायल–हमास युद्धको विरोधमा हप्तौंदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन् ।

बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रबार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् । सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम्’ हिस्सा हुन् । 

यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध सुरु भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गर्नुभएको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिए ।

हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको थियो ।

भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’ मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : ३० बजे

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

काठमाडौं– १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक एक घण्टा

प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन

काठमाडौं – प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौं– राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ ।

दक्षिण भारतमा भारी वर्षाका, छ जनाको मृत्यु

एजेन्सी– भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध, सभामुखद्वारा विपक्षीसँग छलफल आह्वान

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी