हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए।

मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य हो भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवर्द्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए। मुलुकको आर्थिक परिसूचकांक सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरे । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए । व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले निर्यात प्रवर्द्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताए। 

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिए । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : ५३ बजे

एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम

काठमाडौं- यही पुस ११ गते ६ महिने निलम्बनमा परेका स्थायी कमिटी

२१ अंकले घट्यो नेप्से, लघुवित्त र म्यूचुअल फन्डमा झिनो सुधार

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल

जनकपुरधाम- सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी

सरकारलाई सफल बनाउन सबैको साथ चाहिन्छ : शेखर कोइराला

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल

प्राविधिक जाँचपछि चरो ठोक्किएको हेलिकप्टर काठमाडौंतिर

काभ्रे- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा