दाङ दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

दाङ दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले दाङको भालुवाङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नंको बस गएराति दाङको देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेसले पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ५५ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण