सवारी चालक अनुमतिपत्र छपाइ रोकिदैन : मन्त्री ज्वाला « Khabarhub

सवारी चालक अनुमतिपत्र छपाइ रोकिदैन : मन्त्री ज्वाला


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

चितवन– भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए । 

मन्त्री ज्वालाले भने, ‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौँ । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।’ उनले भने, ‘माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।’ 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए। उनले भने, ‘स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।’

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुँयाल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र वुढाथोकीलगायत वक्ताले मन्तव्य व्यक्त भएको थियो ।

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ४९ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।