चीनको कोइला खानीमा ग्याँस विस्फोट, दश जनाको मृत्यु | Khabarhub Khabarhub

चीनको कोइला खानीमा ग्याँस विस्फोट, दश जनाको मृत्यु


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको हेनान प्रान्तस्थित कोइला खानीमा शनिबार भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ ।  छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

दुर्घटना कोइलाखानीमा ग्याँस विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सीसीटीभीले जनाएको छ । चिनियाँ समाचार संस्था  सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ । 

यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्यांक अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : १७ बजे

ट्रयाक खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा–जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न

बलिउड गायिका अल्कालाई लागेको दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति कस्तो रोग हो ?

९० को दशकदेखि निरन्तर भारतीय संगीतमा छाएर करोडौं श्रोता तथा

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल

जर्मनी अन्तिम १६ मा प्रवेश

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल)

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।