यमनमा अमेरिकी हमला जारी « Khabarhub

यमनमा अमेरिकी हमला जारी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुथी विद्रोहीविरुद्ध सैन्य अभियान जारी रहँदा यमनमा अमेरिकाले यमनमा आक्रमणलाई निरन्तरता दिएको छ । पछिल्लो आक्रमणमा अमेरिकी लडाकु विमानले हुथी विद्रोहीले प्रयोग गर्ने रडार प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गाजा क्षेत्रमा इजरायलले हमास लडाकुविरुद्ध सैन्य कारवाही गरेसँगै हमासको समर्थनमा हुथी विद्रोहीले लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हमला गर्दै आएका छन् ।

लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण तीव्र पारेसँगै गत बिहीबारबाट अमेरिका र बेलायतले संयुक्त रुपमा पनडुब्बी, लडाकु विमान र युद्धपोतले सैन्य अभियान सञ्चालन गरेका हुन् । हुथी विद्रोहीसम्बद्ध अल माशिरा टेलिभिजनले जनाएअनुसार अमेरिकी र बेलायती सेनाले राजधानी सानालाई लक्षित गरी हमला गरेका छन् । त्यसबाहेक यमनको तेस्रो ठूलो सहर ताइज र बन्दरगाह सहर होदेइदामा पनि आक्रमण भएको बताइएको छ ।

लाल सागरमा तैनाथ अमेरिकी युद्धपोत ‘कार्ने’ बाट प्रहार गरिएका तोमाहक क्षेप्यास्त्रले आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ । स्थानीय समयअनुसार शनिबार सबेरै गरिएको आक्रमणले ‘व्यवसायिक तथा अन्य जहाजमाथि आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई घटाइदिने’ अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ ।

हुथी विद्रोहीले आक्रमणको बदला लिने चेतावनी दिएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा जहाजलाई लक्षित गरी आक्रमण नरोकेसम्म थप आक्रमण गर्ने दृढता व्यक्त गरेका थिए । ‘उनीहरुले यस्तो निर्लज्ज हर्कत नरोकेसम्म हामीले हुथीविरुद्ध कदम चाल्नेछौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रारम्भीक हमलाले हुथी विद्रोहीको ड्रोन र क्षेप्यास्त्र भण्डारण गर्ने, प्र्रक्षेपण गर्ने र दिशा निर्देश गर्ने क्षमतालाई लक्षित गरिएको जानकारी दिएका छन् । अमेरिकी रक्षा प्रशासन पेन्टागनले आक्रमणले २८ स्थानमा ६० निशानालाई लक्षित गरी हमला गरिएको जानकारी दिएको छ । हुथी विद्रोहीले यस हमलामा आफ्ना ५ जना लडाकु मारिएको पुष्टि गरेको छ । त्यसैगरी लाल सागरमा जहाजमाथिको हमला नरोकिने पनि हुथी विद्रोहीले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : १० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक