चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै « Khabarhub

चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आगामी फेब्रुअरी १ देखि चीनले सिन्जियाङ प्रान्तमा धार्मिक मामिलासम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै बिटरविन्टरले जनाएअनुसार नयाँ नियम अन्य प्रान्तमा लागू भएका यस्तै धार्मिक मामिलासम्बन्धी नियमभन्दा कठोर हुनेछ ।

चीनले सिन्जियाङमा व्याप्त ‘अतिवाद’ र ‘आतंकवाद’ लाई मध्यनजर गर्दै नयाँ नियम ल्याउन लागिएको उल्लेख गरेको छ ।

नयाँ नियमअनुसार धार्मिक संस्थाहरुले समसामयिक चीन र उत्कृष्ट परम्परागत चिनियाँ संस्कृतिका आधारमा धार्मिक शिक्षा प्रदान गर्नुपर्नेछ ।

त्यसबाहेक धर्मगुरुहरु देशभक्त र कानून पालना गर्न प्रतिबद्ध भइ कुनै पनि किसिमको अतिवादको विपक्षमा हुनुपर्ने नयाँ नियममा उल्लेख छ । त्यस्तै, धार्मिक संस्थाहरुले कुनै पनि विदेशी संस्था वा व्यक्तिबाट निर्देशन लिन पाइनेछैन ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : १४ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा