चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै « Khabarhub

चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आगामी फेब्रुअरी १ देखि चीनले सिन्जियाङ प्रान्तमा धार्मिक मामिलासम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै बिटरविन्टरले जनाएअनुसार नयाँ नियम अन्य प्रान्तमा लागू भएका यस्तै धार्मिक मामिलासम्बन्धी नियमभन्दा कठोर हुनेछ ।

चीनले सिन्जियाङमा व्याप्त ‘अतिवाद’ र ‘आतंकवाद’ लाई मध्यनजर गर्दै नयाँ नियम ल्याउन लागिएको उल्लेख गरेको छ ।

नयाँ नियमअनुसार धार्मिक संस्थाहरुले समसामयिक चीन र उत्कृष्ट परम्परागत चिनियाँ संस्कृतिका आधारमा धार्मिक शिक्षा प्रदान गर्नुपर्नेछ ।

त्यसबाहेक धर्मगुरुहरु देशभक्त र कानून पालना गर्न प्रतिबद्ध भइ कुनै पनि किसिमको अतिवादको विपक्षमा हुनुपर्ने नयाँ नियममा उल्लेख छ । त्यस्तै, धार्मिक संस्थाहरुले कुनै पनि विदेशी संस्था वा व्यक्तिबाट निर्देशन लिन पाइनेछैन ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : १४ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको