क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो « Khabarhub

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोजक्याम्पमा बोलाएको छ ।

क्यानले शनिबार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारममा क्यानले २४ खेलाडी छनौट गरेको छ ।

क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, संगीता राई, अप्सरी बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोधा बिष्ट, खुशी डंगोल, रोमा थापा, सोमु बिष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् ।

एसीसी महिला प्रिमियर कप आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुदै छ ।नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसि, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : १४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२