नेपाल टेलिकमको खुद नाफा घट्यो | Khabarhub Khabarhub

नेपाल टेलिकमको खुद नाफा घट्यो


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । 

त्यसैगरी, वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल टेलिकमको आ.व.२०८०-८१ को  दोस्रो त्रैमासिकको वित्तीय विवरण

(ग)    गतआ.व. को दोस्रो त्रैमासिकअवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु

 OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमागत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख७५ हजारले कमी भएको

–  मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको।

–   राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।

    सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
    बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी भएको

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : ०१ बजे

महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध

वेदकोट– बोरामा माटो भरिएको छ । बास जोडेर जालीझै बनाइएको

आजका समाचार : बजेट पारित, कोशीमा हिक्मतको सरकार जोगियो, मामाले लुटे भान्जाको घर 

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’ प्रधानमन्त्री पुष्पकमल

अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ

रौतहट– रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदीबाट अवैध रुपमा उत्खनन

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे 

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै

महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी : मुख्यमन्त्री महरा

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय