रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक « Khabarhub

रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । 

अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ । 

प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए । मार्चभित्रमा उनीहरूलाई बेलायत लगिसक्ने बताएको छ । अहिले तालिमको प्रक्रियासँगै भिसाको प्रोसेस पनि अघि बढेको उप्रेतीले बताए ।  

नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।

विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मङ्सिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो । जसमा ४५ जना पास भएका थिए ।  

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहीबाट ४५ जना सफल घोषणा गरिएको थियो । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो । अभिमुखीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ३६ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल