अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित « Khabarhub

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गरेका छन्  ।

९५ अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ ।

सिनेटले मङ्गलबार बिहान मतदान गरेको र द्विदलीय समर्थनमा पारित भएको विधेयकमा अमेरिकी अध्यागमन नीतिमा परिवर्तन समावेश गरिएको छैन । यसअघिको सिनेट पाठमा सीमा र विदेशी सहायता दुवै समावेश गरिएको थियो । उक्त पाठलाई माथिल्लो सदनमा जोनसनको आफ्नै पार्टीका सदस्यहरूले अवरुद्ध गरेका थिए ।

उक्त पाठमा सीमा पार गर्नेहरूलाई पर्याप्त रूपमा सम्बोधन नगरिएको भन्दै उनीहरूले उक्त पाठलाई समाप्त गर्ने वाचा गरेका थिए । “कुनै पनि कथित राष्ट्रिय सुरक्षा पूरक कानुनले राष्ट्रिय सुरक्षा हाम्रै सिमानाबाट सुरु हुन्छ भनेर मान्यता दिनुपर्छ भन्नेमा हाउस रिपब्लिकनहरू छलफलको सुरु देखिनै स्पष्ट थिए”, जोनसनले एक विज्ञप्तिमा भने ।

उहाँले दशकौँमा केही अध्यागमन प्रतिबन्ध समावेश भएको तर अझै धेरै टाढा नगएको सिनेटको पहिलो विधेयक आफ्नो कक्षमा ‘आगमनमा मृत’ हुने बताएका थिए । उनको भनाइ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खान्छ । पुनः राष्ट्रपतिका लागि उम्मेदवार रहेका र अध्यागमनमा राष्ट्रपति जो बाइडेनको कथित कमजोरीको फाइदा उठाउन चाहेका ट्रम्पले उक्त विधेयकलाई बलपूर्वक खारेज गर्न आह्वान गरेका छन् ।

विधेयकमाथि धेरै महिनाको द्विदलीय छलफलका बावजुद सिनेट रिपब्लिकनहरूले अन्ततः यसलाई अगाडि बढाउनबाट रोक्न मतदान गरे । मङ्गलबार सिनेटमा पारित भएको विधेयकमा अध्यागमन सुधारलाई समावेश गरिएको छैन र धेरै रिपब्लिकनहरूको समर्थनका कारण उक्त विधेयक पक्षमा ७० र विपक्षमा २९ मतका साथ पारित भयो

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : २२ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट