असई हुँ भन्दै डेढ लाख ठगेको आरोपमा एक युवती पक्राउ « Khabarhub

असई हुँ भन्दै डेढ लाख ठगेको आरोपमा एक युवती पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई ) हुँ भनि ठगी गरेको आरोपमा बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन्। उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्।

असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ०१ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको