जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी | Khabarhub Khabarhub

जलनसम्बन्धी स्तरीय अस्पताल निर्माण गर्नुपर्छ : चन्द्र भण्डारी


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे ।

विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उनले भने ।

आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिए । सङ्घीय सरकारले जनलसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ३० देखि ४० प्रतिशतसम्मको जलनको मुलुकमा उपचार सम्भव नहुनु दुखद भएको बताए । अहिले संसद्मा भवितव्यका पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरी कानुन निर्माण गर्न लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, स्व विप्लव अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले आ–आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : १५ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली