चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स « Khabarhub

चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेग- गत वर्ष चिनियाँ राज्य समर्थित ह्याकरहरुले आफ्नो मुलुकको सैन्य सञ्जालमा पहुँच पु¥याएको नेदरल्याण्ड्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय दुई मुलुकबीच सुरक्षाका विषयलाई लिएर तनाव बढिरहेका बेला नेदरल्याण्ड्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

डच जसुसी निकायले जनाएअनुसार गत वर्ष चीनको सरकार समर्थित ह्याकरहरुले मुलुकको सैन्य सञ्जालमा पहुँच पुर्‍याएका थिए ।

डच रक्षामन्त्री कसा ओलोनग्रेनलाई उद्धृत गर्दै रोयटर्सले प्रकाशित गरेको समाचारमा चीनले सञ्चालन गर्दै आएका जासुसी गतिविधिबारे जनतालाई जनकारी दिनु महत्वपूर्ण हुने ठानेर सरकारले पछिल्लो खुलासा गरेको हो । नेदरल्याण्ड्ले चीनमाथि जासुसी गरेको आरोप लगाएको यो पहिलो घटना हो ।

ह्याकरहरुले मालवेयरको माध्यमबाट सैन्य क्षेत्रमा शोध गर्ने ५० जनाको समूहले प्रयोग गर्दै आएको कम्प्युटरमा पहुँच पु¥याएका थिए । चीनको यो गतिविधि नेदरल्याण्ड्स र साझेदारविरुद्ध जारी चिनियाँ राजनीतिक जासुसीकै एउटा हिस्सा भएको डच अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : ५७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले