चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स | Khabarhub Khabarhub

चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हेग- गत वर्ष चिनियाँ राज्य समर्थित ह्याकरहरुले आफ्नो मुलुकको सैन्य सञ्जालमा पहुँच पु¥याएको नेदरल्याण्ड्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय दुई मुलुकबीच सुरक्षाका विषयलाई लिएर तनाव बढिरहेका बेला नेदरल्याण्ड्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।

डच जसुसी निकायले जनाएअनुसार गत वर्ष चीनको सरकार समर्थित ह्याकरहरुले मुलुकको सैन्य सञ्जालमा पहुँच पुर्‍याएका थिए ।

डच रक्षामन्त्री कसा ओलोनग्रेनलाई उद्धृत गर्दै रोयटर्सले प्रकाशित गरेको समाचारमा चीनले सञ्चालन गर्दै आएका जासुसी गतिविधिबारे जनतालाई जनकारी दिनु महत्वपूर्ण हुने ठानेर सरकारले पछिल्लो खुलासा गरेको हो । नेदरल्याण्ड्ले चीनमाथि जासुसी गरेको आरोप लगाएको यो पहिलो घटना हो ।

ह्याकरहरुले मालवेयरको माध्यमबाट सैन्य क्षेत्रमा शोध गर्ने ५० जनाको समूहले प्रयोग गर्दै आएको कम्प्युटरमा पहुँच पु¥याएका थिए । चीनको यो गतिविधि नेदरल्याण्ड्स र साझेदारविरुद्ध जारी चिनियाँ राजनीतिक जासुसीकै एउटा हिस्सा भएको डच अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : ५७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय