बहुला स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि स्थानीय त्रसित « Khabarhub

बहुला स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि स्थानीय त्रसित


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ कुकुर र चार बाख्रालाई दुई दिनको अवधिमै बहुलाएको स्यालले टोकेको हो । स्यालले बाख्रा र कुकुरलाई टोक्न थालेपछि रेविजको सङ्क्रमण फैलिने खतरा बढेको वडाध्यक्ष प्रतापसिंह धामीले ब ।

“आज दिउँसो बहुलाएको स्याललाई जिउँदै समातेर निकुञ्जसमक्ष बुझाएका छौँ”, उहाँले भन्नुभयो, “स्यालले टोकेका जनावरबारे वडा क्षेत्रमा जानकारी लिने कार्य भइरहेको छ ।” यसबारे नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी दिइएको उहाँले बताउनुभयो । नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख रामप्रसाद भट्टले निकुञ्जको मध्यवर्ती क्षेत्र रेबिजको उच्च जोखिममा रहेको बताउनुभयो ।

स्यालले टोकेका र अन्य जोखिमा रहेका घरपालुवा बाख्रा, कुकुरलगायत रेबिजविरुद्धको सुई दिनका लागि पशु प्राविधिकको टोलीलाई खटाइएको उहाँले जानकारी दिनुभयो । केही दिनभित्रै सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम सुरु हुन लागेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : ४७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने