त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पिएनजीसँग भिड्दै नेपाल « Khabarhub

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पिएनजीसँग भिड्दै नेपाल


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ। मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो।

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो।

मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ। आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो।

नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ।

हङकङ मैदानमा नेपाली क्रिकेट फ्यान । तस्बिर : क्यान

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : १६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।