अर्को नायकले अस्वीकार गरेको फिल्मबाट सुरु भएको शाहरुखको यात्रा « Khabarhub

अर्को नायकले अस्वीकार गरेको फिल्मबाट सुरु भएको शाहरुखको यात्रा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शाहरुख खानले सन् १९९२ मा प्रदर्शनमा आएको फिल्म ‘दिवाना’बाट प्राविधिकरुपमा बलिउडमा डेब्यू गरेका हुन् । सो फिल्ममा नायक ऋषि कपुर र दिव्या भारती मुख्य भूमिकामा रहे पनि शाहरुख दर्शकको नजरमा पर्न सफल भए ।

बलिउडको सबैभन्दा ठूलो स्टार बन्न शाहरुखले ‘दिवाना’बाट यात्रा तय गरेका हुन् । तर यस फिल्ममा शाहरुख निर्देशकको पहिलो रोजाइमा थिएनन् । अर्का अभिनेताले फिल्म अस्वीकार गरेपछि उनको लागि बाटो खुलेको थियो ।

फिल्मका निर्देशक राज कँवरले अहिलेका टेलिभिजन स्टार अविनाश वाधवानलाई प्रस्ताव गरेका थिए । अविनाशले एक अन्तर्वार्तामा सोलो फिल्म गर्ने रुचि भएका कारण सो फिल्म अस्वीकार गरेको खुलाएका छन् ।

उनले भने, ‘राज आएर मलाई यो हिरो भएको फिल्म बनाउँदै छु । एउटा हिरो ऋषि कपुर तय भइसकेका छन् । दोस्रोमा तिमीलाई प्रस्ताव गर्न आएको हुँ भनेका थिए । मैले सोलो फिल्म गर्छु भनेको थिएँ ।’

सोलो फिल्म गर्ने हुटहुटीले निर्देशक राजले विभिन्न कोशिश गर्दा पनि अनुबन्ध हुन अस्वीकार गरेको उनको दाबी छ । अरु प्रोजेक्टमा व्यस्त भएकाले समेत यो फिल्ममा काम गर्न समय नपुगेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘राजुले दबाब दिए पछि मैले एक वर्षपछिको समय मागेँ । मेरो आठौँ फिल्म छायाङ्कनमा थियो ।’

अविनाशले अस्वीकार गरेपछि अभिनेत्री दिव्या भारतीको सुझावमा राजले शाहरुखलाई भेटेका थिए । दिव्या र शाहरुखले फिल्म ‘दिल आसना है’ काम गरिसकेका थिए । सो फिल्मको छायांकन पहिला नै भए पनि ‘दिवाना’ पहिला प्रदर्शनमा आएको थियो ।

‘दिवाना’ प्रदर्शनमा आएको चार महिनापछि ‘दिल आसना है’ हलमा लागेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी