झाडीमा लुकेर बसेका मुसा गर्दाका लागि त्यो दिन दुखद र पीडादायी थियो। उनले हेरीरहेको समयमा के गर्ने भन्ने अत्तो पत्तो नै पाएनन्। बन्दुकधारी एकाएक सिपाहीहरू झैँ आएका थिए। टाढा बाट देख्दा उनले सिपाही नै आएको ठानेका थिए। विद्यालय भवनमा अन्धाधुन्ध बन्दुक पड्काएर वातावरणलाई आतङ्कित बनाइएको थियो। केही समयमा नै अलि पर पुगेर त्यहाँ रहेका धेरै मानिसको पीडाको दृश्य उनले हेरीरहेका थिए। यो पीडा हो बन्दुकधारीको अपहरणबाट फुत्किएका एक नाइजेरियाका बालकको।
नाइजेरियास्थित कदुना प्रान्तको कुरिया जिल्लामा एकै पटक दुई सय ८० जना विद्यार्थी हराए। त्यहाँ समाइएका विद्यार्थी भन्छन्, ‘हामीलाई त घाँसमा चरिरहेका गाईलाई सिकारीले पक्रिए झैँ पो पक्रिए।’ कुरिगामा पछिल्लो समय अपहरणको क्रम बढी रहेको छ। यसरी बढेको अपहरणमा यसै साताको यो एउटा डरलाग्दो घटना हो। नाइजेरियामा एउटा ठुलो समूहले अपहरण गर्ने तथा पैसा माग्ने गरेको छ । पछिल्लो पटक अपहरणकारीको निशानामा बालबालिका र प्रौढ परेका छन् ।
नाइजेरियामा एउटा ठुलो समूहले अपहरण गर्ने तथा पैसा माग्ने गरेको छ । पछिल्लो पटक अपहरणकारीको निशानामा बालबालिका र प्रौढ परेका छन् ।
‘हामीले हाम्रै अगाडि हाम्रै बच्चा उनीहरूले उठाएर लगेको दृश्य देख्यौ। केही पनि गर्न सकेनौं। हामी प्रहरी र सेना केही पनि होइनौ। हाम्रो गाउँमा प्रहरी थाना पनि छैन,’ निराश भएका हजिया हब्बाले भने।
यसरी अपहरणमा परेपछि फुत्किएका माउसाले सुनाए, ‘हामी पानी प्यासले प्याकप्याकी परेका थियौं। तथापि हाम्रो बारे चासो दिने कोही पनि थिएन।’ उनका अनुसार डाँकाले उनीहरूलाई मोटरसाइकलमा ओसारेका थिए।
बिहानदेखि केही पनि नखाएको तथा घण्टौँ घण्टा तातो घाममा यात्रा गरेका उनीहरू एक खोलामा पुगेपछि त्यही पानी पिउने अवसर पाएका थिए। त्यो खोलमा पुगे पनि उनी भाग्ने प्रयास गरेका थिए। उनले अन्य साथीहरूलाई उक्साइ रहेका थिए। परन्तु उनीहरूलाई आँट आएन।
कसैले पनि आफूलाई ख्याल नगरेको थाहा पाएर उनी पर पुगेर घाँसमा लुकेर बसे। उनीहरू त्यहाँबाट नगएसम्म अचल नै रहे। केही परसम्म त उनी लामो यात्रा गरेका थिए। पर कतै रहेको गाउँसम्म हिँडेर पुगे पछि भने उनले आफूलाई सहज भएको महसुस गरेका थिए। सानो गल्तीको कारणको उनको ज्यान नै जान सक्थ्यो।
उनी घर पुगेपछि अभिभावक खुसी हुनु स्वाभाविक थियो । तर, सिङ्गो गाउँकै लागि त्यो घटना अझै दुःखको विषय हो। १० वर्षीय सदक अस्मान अब्दुल्लाहका अभिभावक छोराको खबर पर्खीरहेका छन्। छोरा हराएको एक दिन अघिसम्म दाजु भाइले पेन्सिलका लागि जिस्किएको आमा रहमातु अस्मान अब्दुल्लाहलाई अझै याद छ।
कसैले पनि आफूलाई ख्याल नगरेको थाहा पाएर उनी घाँसमा लुकेर बसे। उनीहरू त्यहाँबाट नगएसम्म अचल नै रहे। केही परसम्म त उनी लामो यात्रा गरेका थिए। गाउँसम्म हिँडेर पुगेपछि भने उनले आफूलाई सहज भएको महसुस गरे।
छोरा हराएको दिनदेखि आमाको दिमागले राम्रोसँग काम नै गरेको छैन। उनले भगवान सम्झिएर छोराको याद मात्र गरीरहेकी छिन्।
नाइजेरियामा पछिल्लो आठ महिनामा चार हजार जना अपहरणमा परेको अनुमान छ। गएको आधा दशकमा उत्तरी नाइजेरियाका आधा जनसङ्ख्या कहीँ न कहीँ अपहरणको पीडामा छटपटाउन बाध्य भएका थिए। अथवा भनौँ अपहरणकारीले उनीहरू माथि आँखा लगाएका थिए।
सुरुवाती समयमा बोको हरामले उत्तर पूर्वी राज्यमा यस किसिमका कार्य गर्दै आएको थियो। बोरोनो, आदामावा र योबेमा यस किसिमका कार्य हुँदै आएका थिए। यसरी अपहरणमा संलग्न हुने अर्को समूह इस्लामिक स्टेट पनि हो।
यी दुवै सैन्य समूह बच्चा अपहरणमा सक्रिय छन्। ग्रामीण भेग नै यिनीहरूको लक्षित क्षेत्र हो। पाश्चात्य शिक्षालाई प्राथमिकता दिन विद्यालय त अझ निसाना बनाएका छन्। छात्रालाई विद्यालय पठाएका कारण आक्रोशित हुँदै आइएस निकट समूहले एक पटक १० वर्षीय बच्चालाई निर्मम तरिकाले विद्यालयबाट नै उठाएर लिएर गएको थियो।
कुदना प्रान्तकी विधायक सेहु सानीका अनुसार उत्तरी नाइजेरियामा विद्यालयमा, कलेज र विश्वविद्यालयमा विद्रोही सैन्य सङ्गठनका प्रभाव बढी रहेको छ। उनीहरूले एकै पटक पैसा उठाउने तथा आपराधिक काम गर्ने गरेका छन्।
उनीहरू अहिले उत्तरी नाइजेरियामा बढी आक्रामक भएका छन्। उनीहरूको लक्ष्य विद्यालय नै बनेको छ। विद्यालय उनीहरूको निसाना बनेको छ।
कुदना प्रान्तकी विधायक सेहु सानीका अनुसार उत्तरी नाइजेरियामा विद्यालयमा, कलेज र विश्वविद्यालयमा विद्रोही सैन्य सङ्गठनका प्रभाव बढी रहेको छ। उनीहरूले एकै पटक पैसा उठाउने तथा आपराधिक काम गर्ने गरेका छन्।
त्यहाँका विश्लेषकहरूका अनुसार सुरुवाती दिनमा राजनीतिक एजेन्डा मुद्दा बोकेर अघि बढेका उनीहरू अहिले पैसामा बढी लोभिएका छन्। यसै लोभका कारण उनीहरूको स्कुले बच्चामाथि आक्रमण गरिरहेका छन्।
सरकारले यस किसिमको समस्या समाधान गर्नका लागि समय र पैसा दुवै खर्च गरेको छ। परन्तु यसको कुनै अर्थ देखिएको छैन। धेरै स्थान असुरक्षित छन्। यसै मध्यको एक कुरिगा हो। स्थानीय अधिकारी जिब्रील ग्वाडाबे सुरक्षाकर्मीको अनुपस्थितिका कारण यो समस्या आएको बताउँछन्।
उनी पनि दुई वर्ष अघि खेतमा जाँदा त्यस्तै भइसकेको थियो। एक दिन खेतमा गएको समयमा उनको पनि भिडन्त हुँदा पेटमा नै गोली लागेको थियो। पेटमा लागेर पछाडि बाट गोली निस्केका उनी एक महिना अस्पताल भर्ना भएका थिए।
अहिले कुरिगमा अपहरणमा परेका विद्यार्थी सकुशल घर फर्कने आश्वासन अधिकारीहरूले दिएका छन्। परन्तु अभिभावक यसमा विश्वस्त हुन सकीरहेका छैनन्।
नाइजेरियामा यो क्रम यत्तिमा सीमित छैन। उत्तरी भेगको सोकाडो गाउँमा पनि यसै गरी दुई दिन अघि मात्र विद्यार्थी अपहरणमा परेका छन्। यसरी अपहरणमा पर्ने धेरै जसो १३ वर्ष भन्दा कम उमेरमा छन्।
नाइजेरियामा कहिलेदेखि यसरी बच्चाको अपहरण हुने गरेको थियो भन्ने चाहिँ यकिन छैन। परन्तु एक दशक अघि बोका हरामले एकै पटक दुई सय जनाको अपहरण गरेको थियो। यसरी आक्रमण गर्नेहरू प्राय जसो नजिकको जङ्गलमा बसोबास गर्ने गरेका छन्। उनीहरू आक्रमण गरेर जङ्गलको बाटो भएर विद्यार्थीलाई लिएर जाने गरेका छन्।
पछिल्ला वर्षमा नाइजेरियामा मात्र होइन अन्य अफ्रिकी देशमा समेत अपहरणको क्रम बढ्दो छ। अहिले दक्षिण अफ्रिकामा पनि अपहरणको घटना बढी रहेका छन्।
लावोन यारोको पाँच सन्तान नाति नातीना छन्। उनी ती बच्चाको अत्तोपत्तो लाग्ने हो वा होइन भन्ने चिन्तामा छन्। नाइजेरियामा यसरी दिन प्रतिदिन बच्चाको अपहरण भइरहेको छ।
पछिल्ला वर्षमा नाइजेरियामा मात्र होइन अन्य अफ्रिकी देशमा समेत अपहरणको क्रम बढ्दो छ। अहिले दक्षिण अफ्रिकामा पनि अपहरणको घटना बढी रहेका छन्। दक्षिण अफ्रिकामा हुने बच्चा अपहरणको घटना पनि अन्य कुनै मुद्दाका आधारमा नभएर नितान्त आर्थिक लाभका लागि मात्र भएको जनाइएको छ। त्यस स्थानमा यसरी अपहरणको क्रम बढ्न थालेको सन् २०१६ देखि हो। अपहरणसँगै लुटपाट र अन्य हिंसाका घटना हुने झन् दुर्भाग्य हो।
बाल बच्चा अपहरणको यो घटना नाइजेरिया र अन्य देशमा समेत बढ्दै नगएको होइन । परन्तु नाइजेरियाको पछिल्लो समयको सो घटना आश्चर्यजनक र चिन्ताको विष बनेको छ। स्रोत : बिबिसी, द गार्जीयन, एपी न्युज, अलजजीरा
प्रतिक्रिया