चार सय बढी विद्यार्थीको आँखा परीक्षण « Khabarhub

चार सय बढी विद्यार्थीको आँखा परीक्षण


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जेसिजले बेनी नगरपालिका– ४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गा तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ ।

ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिइन् ।

शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहेका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गरेका हुन् ।

शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसँगै आँखाको भित्री भाग दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको उनको भनाइ छ ।  आँखा परीक्षणका क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका विद्यार्थीलाई नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखामार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चश्मा माग गरी उपलब्ध गराउने म्याग्दी जेसिजले जनाएको छ ।

कार्यक्रममा बेनी –४ का वडाध्यक्ष  अणबहादुर खड्काले विद्यालयमै आएर विद्यार्थी र शिक्षकको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताए ।

अठार वर्षदेखि ४० वर्षभित्रका युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसिजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १० : ५६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद