केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ « Khabarhub

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताए ।

विद्युतगृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो । उनका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् । केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले बताए ।

गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्युतगृह बगाएको सिरिजङ्गा –६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताए । उनका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो ।

पहिराले लघु जलविद्युतगृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए । सोही बखत पहिरोले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए ।

पहिराले विद्युतगृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताए । गाउँमा आपतविपत् पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभावले बढी समस्या हुने गरेको उनको भनाइ छ ।

मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताए । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ ।

विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताए । जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ११ : ४६ बजे

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौं- सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

सिड्नी- अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा

सरकारी सूचनामा सरकारी सञ्चारमाध्यम मात्र प्रयोग गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश