देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पाँचथरकाे याङवरक गाउँपालिका-३ बानियाडाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने इन्दिरा बराइलीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी, भोजपुरकाे भोजपुर नगरपालिका-२ चङखुले बस्ने ३४ वर्षीय युवराज राईको घरमा सोलारको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धादिङकाे सिद्धलेक गाउँपालिका-२ कुवापानीटारस्थित आरबोटे सामुदायिक वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७० वर्षीय हर्क बहादुर श्रेष्ठको गोठ र कुखुरा फर्ममा समेत आगलागी हुँदा २ वटा गोठ, कुखुरा फर्म, मोटरसाइकल १ थान, हाते ट्याक्टर १ थान र टिभी १ थान जलेर नष्ट भएको छ ।

मकवानपुरकाे कैलाश गाउँपालिका-७ बिथली बस्ने इमानसिङ प्रजाको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने प्रतापसिङ प्रजाको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ०१ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ