क्षयरोगबाट तनहुँमा सातजनाको मृत्यु « Khabarhub

क्षयरोगबाट तनहुँमा सातजनाको मृत्यु


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

दमौली– चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिकामा तीन, भानु नगरपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक र भिमाद नगरपालिकामा एकजना रहेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति सुदीप कँडेलले जानकारी दिए।

तनहुँमा चालु आर्थिक वर्षमा एक सय ५७ जनामा क्षयरोग पुष्टि भएको छ । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ सङ्क्रमित रहेका छन् । कँडेलका अनुसार भानु नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा २०, भिमाद नगरपालिकामा १३, देवघाट गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, घिरिङ गाउँपालिकामा सात, बन्दीपुर गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा छ र ऋषिङ गाउँपालिकामा तीनजनामा क्षयरोग पुष्टि भएको छ ।

क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको स्वास्थ्यकर्मी बताउँछन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए। उनले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताए ।

‘उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वास्थ्य व्यक्तिलाई रोग सार्न सक्छ’, उनले भने, ‘सो तथ्यांकलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।’ क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपडताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताए।

क्षयरोगको शंका लागेका व्यक्तिको घरमा पुगेर नै खकार संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘दुई हप्तासम्म खोकी लागेका शंकास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार संकलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ’, उनले भने।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया