९ भन्दा बढी संस्थाले ‘विश्व मिर्गौला दिवस’ एकसाथ मनाउने | Khabarhub Khabarhub

९ भन्दा बढी संस्थाले ‘विश्व मिर्गौला दिवस’ एकसाथ मनाउने


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ ।

विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने भएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टरले एकसाथ यो दिवस मनाउन लागेका हुन् । यसका साथै कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरू र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरू समेतको सहभागिता रहने राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएका छ ।

भोलि बिहान ७ः४५ बजे देखि रत्नपार्क शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा सुरु हुने छ । दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म अंग प्रत्यारोपित र अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीको समूहले मैत्रीपूर्ण फूटबल खेल खेल्न कार्यक्रम छ ।

९ बजे देखि ९ः३० सम्म मिर्गौला दिवसको औपचारिक कार्यक्रम हुनेछ । यस कार्यक्रमको संरक्षक राष्ट्रिय राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकार चन्द्र श्रेष्ठ, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन डा.दिव्या सिंह र वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले रहेका छन् ।

अंग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि स्वास्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरू हरेक क्षेत्रमा सबल कार्य गर्न सक्छन् भन्ने जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिकी संयोजक डा.कल्पना कुमारी श्रेष्ठले जानकारी दिइन् । साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको श्रेष्ठको भनाइ छ ।

प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने गरिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ३१ बजे

सियोल–अमेरिका पनडुब्बी सम्झौता : ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच

शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय

गुलाफको फूलसहित निर्वाचनमा आयोगमा विप्लवको बाजागाजा र र्‍याली

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी फागुन २१

बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू)

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरूको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरूले भेट गरेका