९ भन्दा बढी संस्थाले ‘विश्व मिर्गौला दिवस’ एकसाथ मनाउने « Khabarhub

९ भन्दा बढी संस्थाले ‘विश्व मिर्गौला दिवस’ एकसाथ मनाउने


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ ।

विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने भएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टरले एकसाथ यो दिवस मनाउन लागेका हुन् । यसका साथै कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरू र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरू समेतको सहभागिता रहने राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएका छ ।

भोलि बिहान ७ः४५ बजे देखि रत्नपार्क शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा सुरु हुने छ । दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म अंग प्रत्यारोपित र अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीको समूहले मैत्रीपूर्ण फूटबल खेल खेल्न कार्यक्रम छ ।

९ बजे देखि ९ः३० सम्म मिर्गौला दिवसको औपचारिक कार्यक्रम हुनेछ । यस कार्यक्रमको संरक्षक राष्ट्रिय राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकार चन्द्र श्रेष्ठ, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन डा.दिव्या सिंह र वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले रहेका छन् ।

अंग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि स्वास्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरू हरेक क्षेत्रमा सबल कार्य गर्न सक्छन् भन्ने जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिकी संयोजक डा.कल्पना कुमारी श्रेष्ठले जानकारी दिइन् । साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको श्रेष्ठको भनाइ छ ।

प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने गरिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ३१ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै