अस्तव्यस्त बन्दै भेरी करिडोर « Khabarhub

अस्तव्यस्त बन्दै भेरी करिडोर


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन् । करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन । 

नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।

जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्ड्रसले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले पाँच पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म काम नगरी अलपत्र परेका छन् । बाँकी ६२ किमी अर्थात तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै यातायातका साधन सञ्चालन भए पनि सडक कालोपत्र नहुँदा समस्या हुन थालेको स्थानीय बताउँछन् । दुनै ल्यासिक्या सडक खण्डमा विसं २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ । 

डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष अङगद रानाले बताए । गाउँपालिकाबाट भेरी करिडोर र निर्माण व्यवसायीलाई आधादर्जन पत्र पठाउँदा पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ । उनका अनुसार करिडोरलाई पत्राचार गरिएका पत्र सामाजिक सञ्जालमा सार्वजानिक गर्दै भेरी तत्काल निर्माण व्यवसायीलाई काममा फर्काउन आग्रह गरिएको छ ।

सोही खण्डअन्तर्गत पाँच वटा पुल अलपत्र पारेको क्याराभानले पनि कामलाई निरन्तरता दिन सकेको छैन । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग बनाएर कामको सुरुवात गरेपछि यो आयोजना झनै लथालिङ्ग बनेको भएको छ । यहाँ एक वर्षको अवधिमा दुईजना कार्यालय प्रमुख फेरिसकेको अवस्था छ ।

आयोजना प्रमुख परिवर्तन भइरहने तर काम नगर्दा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणलाई करिडोर भएर आवतजावत गर्न हुँदै आएको छ । काइके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झाना पराजुलीले करिडोरलाई पत्राचार गरे पनि कुनै जवाफ नआएको बताए । काम छिटो सम्पन्न भए दुनैबाट माथिल्लो जान र आउन सजिलो हुनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आउने उहाँको भनाइ छ ।

तल्लुबाट दुनैसम्म निर्माण हुने सात पुल अझैँ निर्माण सुरु गरिएको छैन । डोल्पाको ठूलीभेरीस्थित रुपगाडको पुलसमेत लथालिङ्ग भएको छ । आयोजनाको निगरानी नहुँदा निर्माण व्यवसायीको मनपरीका कारण अलपत्र परेको छ ।

भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक योजनाका प्रमुख सुनिल रञ्जीतकारले लथालिङ्ग भएको आयोजनालाई ट्र्याकमा ल्याउने काम सुरु गरिएको बताए। अहिले आयोजनाको म्याद थपका लागि पहल भइरहेको उनले जानकारी दिए।

त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको