पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल « Khabarhub

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासका लागि मुलुकको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।

बुधबार ललितपुरको बालकुमारीमा रहेको पुनः निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटनको विकासका लागि मुलुकको कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उनले कला संस्कृति जगेर्नामा देखिएको उत्साह मुलुकलाई सुन्दर राष्ट्र बनाउनमा समेत उपयोग गर्नुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले उपत्यकाका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनः निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उपत्यकाको अनुसरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिने उनले बताए ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विनाशकारी भूकम्पले क्षति पुगेको मन्दिर निर्माणमा महानगरले आर्थिक सहयोग गरेको र यसलाई मौलिक तवरबाटै पुनः निर्मित गरिएको बताए ।
उनले ललितपुर महानगरभित्र आफ्नो कार्यकालमा ऐतिहासिक महत्वका एक सय ५५ वटा मठमन्दिर, पाटी पौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको