सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड « Khabarhub

सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जितजङ्ग बस्नेतले सरकारले जनताको पक्षमा मुलुकमा सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।

सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पृतीबाङ खोलामा पुल निर्माणका लागि ठेक्का लागेर सम्झौता भएको चार महिना हुँदा पनि काम सम्पन्न नभइ अलपत्र छोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

सांसद पदमबहादुर परियारले संघीय संसद् भवन अपाङ्गतामैत्री हुनुपर्ने माग गरे। सांसद पूजा चौधरीले राष्ट्रिय परिचय पत्र बनाउने क्रममा महिला र पुरुषमा विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद मनरुपा शर्माले किसानका उत्पादनको बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । सांसद रुकमणि कोइरालाले महिला र बालबालिको अपहरण, अपहरणपछि बलात्कार र बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएको भन्दै अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन्। सांसद विष्णुकुमारी सापकोटाले गर्मी मौसमको सुरुवातसँगै बाँके जिल्लामा फैलिएको औँलोलाई जतिसक्दो चाँडो रोकथामका लागि पहल गर्नुपर्नेमा जोड दिइन्। 

सांसद विष्णुदेवी पुडासैनीले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने माग गरिन् । सांसद सावित्री मल्लले संविधानमा उल्लेख महिलाका अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन्। सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।  

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल