सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड « Khabarhub

सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जितजङ्ग बस्नेतले सरकारले जनताको पक्षमा मुलुकमा सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।

सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पृतीबाङ खोलामा पुल निर्माणका लागि ठेक्का लागेर सम्झौता भएको चार महिना हुँदा पनि काम सम्पन्न नभइ अलपत्र छोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

सांसद पदमबहादुर परियारले संघीय संसद् भवन अपाङ्गतामैत्री हुनुपर्ने माग गरे। सांसद पूजा चौधरीले राष्ट्रिय परिचय पत्र बनाउने क्रममा महिला र पुरुषमा विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद मनरुपा शर्माले किसानका उत्पादनको बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । सांसद रुकमणि कोइरालाले महिला र बालबालिको अपहरण, अपहरणपछि बलात्कार र बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएको भन्दै अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन्। सांसद विष्णुकुमारी सापकोटाले गर्मी मौसमको सुरुवातसँगै बाँके जिल्लामा फैलिएको औँलोलाई जतिसक्दो चाँडो रोकथामका लागि पहल गर्नुपर्नेमा जोड दिइन्। 

सांसद विष्णुदेवी पुडासैनीले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने माग गरिन् । सांसद सावित्री मल्लले संविधानमा उल्लेख महिलाका अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन्। सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।  

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ३३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम