जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला « Khabarhub

जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख जनताका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै सिटौलाले संविधान उल्लेखमा जनताका स्वास्थ्य, शिक्षालगायतका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका हुन् ।

उनले संविधान जारी गर्दासम्म सहमतिका आधारमा देशलाई अघि बढाएको भन्दै संविधान जारी भए पनि दलहरुबीचको सहकार्य टुट्दै गएको र स्वार्थ हाबी भएकाले आत्मसमिक्षा गर्नुपर्ने धारणा राखे ।

दलहरूको निजी स्वार्थका कारण संविधान बनेको लामो समय हुँदा पनि रित्तो हात बस्नुपरेको उनको भनाइ छ ।

उनले सत्ता र प्रतिपक्षीलाई एक ठाउँमा राखेर देशको साझा मुद्दामा एक हुनुपर्ने धारणा राखे। उनले नेपाली नागरिक जुनसुकै देशका सेनामा भर्ती हुन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले संविधान जारी भएपछि अहिले प्रतिक्रान्तिका झिल्काहरु देखापरेको बताए । सरकार निरन्तर परिवर्तन हुन सक्ने भन्दै प्रतिक्रान्तिका झिल्काहरूलाई निष्तेज पार्न सबै दलहरू एक हुनुपर्ने उनले बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले कानून निर्माण, अर्थतन्त्र, युवा पलायन लगाएका मुद्दामा सत्तापक्ष र प्रतिपक्षी एक भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रियसभामा विभिन्न विधेयकका साथै संकल्प प्रस्ताव प्रस्तुत भएको भन्दै त्यसमा सरकारलाई दिएका निर्देशनको जानकारी लिनुपर्ने धारणा राखे ।

स्तरीय कानून निर्माण गर्ने क्रममा राष्ट्रियसभाको भूमिका महत्त्वपूर्ण रहेकाले यसमा अध्यक्षले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ३७ बजे

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले यस साता नयाँ उथलपुथल ल्याएको छ

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)