टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८६ रनले पराजित « Khabarhub

टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८६ रनले पराजित


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ । उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ०३ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे