इलाममा सुन्तला उत्पादन घट्यो « Khabarhub

इलाममा सुन्तला उत्पादन घट्यो


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिक टन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तला खेती गरिने क्षेत्र घटेको छ ।

विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तला खेती हुने क्षेत्र घटेको हो । गत वर्ष दुई सय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुई सय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रूपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिना पानी र रोगकिराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए ।

गत वर्ष दुई लाख ५० हजार रुपैयाँको सुन्तला बेचेकामा यस वर्ष एक लाख रुपैयाँ बराबरको मात्र उत्पादन भएको उनले बताए । ‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुई लाखदेखि दुई लाख ५० हजार सम्म कमाई हुन्थ्यो तर यस वर्ष रोगका कारण सुन्तला नै कम फल्यो’, उनले भने, सुन्तला कम फलेकाले आम्दानी पनि घट्यो ।

सुन्तलाको बोटबाट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने, फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औँसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको उनले बताए ।

बोट मर्ने तथा फलेको बोटमा समेत पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीका रूपमा देखिएको अर्का किसान देवराज खनालले बताए। ‘मेरो बगैँचामा सुरुमा ६० भन्दा माथि सुन्तलाका बोट थिए, रोगको सङ्क्रमणले अहिले बगानै नै सखाप बनायो’, उनले भने ।

सुन्तलाका बिरुवा रोपेको पाँचदेखि सात वर्षभित्रमा फल दिन सुरु हुन्छ । वयस्क सुन्तलाको बोटले करिब एक सय किलोसम्म उत्पादन दिने गरेको इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले बताए । सुन्तला किन्न व्यापारी बगैँचामा नै पुग्ने गरेकाले बिक्रीका लागि भने कुनै समस्या नरहेको उनको अनुभव छ । कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ ।

सुन्तला उत्पादन बढाउन तीनै तहका सरकारले वास्तविक किसान पहिचान गरेर विशेष अनुदान र सहुलियतमा ऋण कर्जा उपलब्ध गराउनुपर्ने इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौडेलले बताए । गाउँका किसान समृद्ध भए मात्र देश समृद्ध हुने भएकाले किसानलाई समृद्ध बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको छ । इलाममा उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिड, सिलीगुडीलगायत विभिन्न क्षेत्रमा समेत निकासी हुने गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : २३ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा