इलाममा सुन्तला उत्पादन घट्यो « Khabarhub

इलाममा सुन्तला उत्पादन घट्यो


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिक टन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तला खेती गरिने क्षेत्र घटेको छ ।

विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तला खेती हुने क्षेत्र घटेको हो । गत वर्ष दुई सय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुई सय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रूपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिना पानी र रोगकिराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए ।

गत वर्ष दुई लाख ५० हजार रुपैयाँको सुन्तला बेचेकामा यस वर्ष एक लाख रुपैयाँ बराबरको मात्र उत्पादन भएको उनले बताए । ‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुई लाखदेखि दुई लाख ५० हजार सम्म कमाई हुन्थ्यो तर यस वर्ष रोगका कारण सुन्तला नै कम फल्यो’, उनले भने, सुन्तला कम फलेकाले आम्दानी पनि घट्यो ।

सुन्तलाको बोटबाट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने, फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औँसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको उनले बताए ।

बोट मर्ने तथा फलेको बोटमा समेत पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीका रूपमा देखिएको अर्का किसान देवराज खनालले बताए। ‘मेरो बगैँचामा सुरुमा ६० भन्दा माथि सुन्तलाका बोट थिए, रोगको सङ्क्रमणले अहिले बगानै नै सखाप बनायो’, उनले भने ।

सुन्तलाका बिरुवा रोपेको पाँचदेखि सात वर्षभित्रमा फल दिन सुरु हुन्छ । वयस्क सुन्तलाको बोटले करिब एक सय किलोसम्म उत्पादन दिने गरेको इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले बताए । सुन्तला किन्न व्यापारी बगैँचामा नै पुग्ने गरेकाले बिक्रीका लागि भने कुनै समस्या नरहेको उनको अनुभव छ । कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ ।

सुन्तला उत्पादन बढाउन तीनै तहका सरकारले वास्तविक किसान पहिचान गरेर विशेष अनुदान र सहुलियतमा ऋण कर्जा उपलब्ध गराउनुपर्ने इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौडेलले बताए । गाउँका किसान समृद्ध भए मात्र देश समृद्ध हुने भएकाले किसानलाई समृद्ध बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको छ । इलाममा उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिड, सिलीगुडीलगायत विभिन्न क्षेत्रमा समेत निकासी हुने गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : २३ बजे

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी