मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छ : अध्यक्ष राउत « Khabarhub

मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छ : अध्यक्ष राउत


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त सिके राउतले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष राउतले पटक-पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने बताए । जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो उनले औंल्याए। 

अध्यक्ष राउतले भने, ‘हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह