संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री « Khabarhub

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् ।

प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे।

संसद्मा विश्वासको मतमाथि पक्ष-विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

‘विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।’

पक्ष र विपक्षका बहस सदनको सम्पत्ति

प्रधानमन्त्री दाहालले विश्वासको मतमाथिको प्रस्तावका पक्ष र विपक्षमा भएका बहस सदनको सम्पत्ति भएको बताएका छन्। प्रधानमन्त्रीले सदनमा भएको यस बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे । 

उनले भने, “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो । सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” 

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै उनले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको पनि स्पष्ट गरे । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्षपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : २६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार