'वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक' | Khabarhub Khabarhub

‘वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक’


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थिरताको कारक भएको देखिएको बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको बताए ।

उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीन पटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थिर हुन्छ भनेर भन्न नसकिने धारणा राखे ।

पौडेलले सरकारमा जाने कुरामा दलहरूले प्रयास गर्नु स्वाभाविक रहे पनि राष्ट्रिय राजनीतिलाई हेर्दा पटक पटक सरकार परिवर्तनले देशमा स्थिरता नदिने बताए ।

उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५९ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो