रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी « Khabarhub

रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताएका छन् । 

युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

‘हाम्रो आणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौं,’ पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भने । 

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रूसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आएका छन् । 

मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो ।

पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताएका थिए  । 

उनले भने, ‘जसरी हतियार आपूर्ति गर्दैमा रूसलाई केही फरक पर्दैन त्यसैगरी विदेशी सैन्य दस्ताहरूले युद्धभूमिको स्थिति परिवर्तन गर्दैन भन्ने मलाई विश्वास छ ।’ 

युक्रेनले हालैका महिनाहरूमा तोपखानादेखि हवाई प्रतिरक्षासम्मका असङ्ख्य अभावहरूको सामना गरिरहेको छ । अमेरिकी काङ्ग्रेसमा ६० अर्ब डलरको सहायता प्याकेज रोकिएको छ । यसको परिणाम रूसी सेनासँगको लडाईंमा युक्रेन युद्धबाट पछि हटिरहेको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ११ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको