नभाल्नीका सहयोगी भोल्कोभमाथि आक्रमण  « Khabarhub

नभाल्नीका सहयोगी भोल्कोभमाथि आक्रमण 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भिल्नियस– लिथुआनियाको गुप्तचर सेवाहरूले दिवङ्गत विपक्षी नेता एलेक्सी नभाल्नीका निकट सहयोगी तथा रुसी विपक्षी नेता लियोनिद भोल्कोभमाथि हमला सम्भवतः ‘रुसले आयोजना गरेको’ बुधबार बताएका छन् । 

बाल्टिक राज्य लिथुआनियाका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अवज्ञाको नोट जारी गर्नुअघि मस्कोको सम्भावित संलग्नतामा कुनै आश्चर्य नहुनुपर्ने उल्लेख गर्दै भने, ‘यहाँ कोही पनि तपाईंसँग डराउँदैन ।’

मंगलबार राति ४३ वर्षीय भोल्कोभलाई लिथुआनियाको राजधानी भिल्नियसमा उनको घरबाहिर हथौडाले बारम्बार प्रहार गरिएपछि केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो । यो हमला आर्कटिक कारागारमा नभाल्नीको मृत्युको करिब एक महिनापछि भएको हो । नभाल्नीको मृत्युका लागि भोल्कोभले निर्वाचनको केही दिनअघि सत्तामा कायमै रहन तयार देखिएका पुटिनलाई दोष दिएका थिए। 

धेरै रुसी तथा बेलारुसी विपक्षी कार्यकर्ताहरूलाई आतिथ्यता प्रदान गर्ने लिथुआनियामा हमलाभन्दा अघि वा पछि भोल्कोभका लागि कस्तो सुरक्षा व्यवस्था गरिएको थियो भन्नेबारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । 

रुसले दुई वर्षभन्दा धेरैअघि आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि नाटो र युरोपेली सङ्घको सदस्य लिथुआनिया युक्रेनको कट्टर समर्थक बनेको छ । 

कुनै संदिग्धको पहिचान हुन सकेको छैन तर लिथुआनियाली राष्ट्रपति गितानास नौसेदाले मुलुकका सेवाहरूले हमलाको अनुसन्धान गरिरहेको भन्दै उनीहरूले अपराधी पत्ता लगाउने आशा व्यक्त गरे। पेरिसबाट लिथुआनियाली पत्रकारहरूसँग कुरा गर्दै उहाँले सोभियत स्मारकहरू र लिथुआनियाली झण्डाको अपमान गर्ने घटनाहरू हालै बढेको बताए।

‘यहाँ’ भन्ने शब्दबारे स्पष्ट पार्न सोधिएको प्रश्नमा राष्ट्रपति कार्यालयले नौसेदाले लिथुआनिया र युरोप दुवैलाई भनेको बताएको छ । 

प्रहरी उपप्रमुख साउलियस तामुलेभिसियसले यसअघि अनुसन्धानकर्ताहरूले विस्तृतरूपमा नभई विभिन्न सिद्धान्तमा विचार गरिरहेको बताए । 

भोल्कोभले टेलिग्राममा मंगलबार राति हमलाका क्रममा आफ्नो खुट्टामा १५ पटक प्रहार भएको बताए । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : २३ बजे

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी

काठमाडौं- काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न