बुढासुब्वा गोल्डकप : मोरङ फाइनलमा « Khabarhub

बुढासुब्वा गोल्डकप : मोरङ फाइनलमा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धरान– मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ल

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए । धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए । मिलन लिम्बूले भने गोल गर्न सकेनन् । 

आजको खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ १० हजार पुरस्कार प्राप्त गरे । बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडौं र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप  तामाङले जानकारी दिए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ३२ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर