बुढासुब्वा गोल्डकप : मोरङ फाइनलमा « Khabarhub

बुढासुब्वा गोल्डकप : मोरङ फाइनलमा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धरान– मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ल

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए । धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए । मिलन लिम्बूले भने गोल गर्न सकेनन् । 

आजको खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ १० हजार पुरस्कार प्राप्त गरे । बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडौं र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप  तामाङले जानकारी दिए। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ३२ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले