रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकाे चिङगार्ड गाउँपालिका घर भई नयाँ बानेश्वर बस्ने २८ वर्षीय सुरेश राना रहेका छन् ।

रानाले नवराज मल्ललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु, त्यसको लागि सात लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ८० हजार रुपैयाँ तलब हुन्छ भनी पटक पटक गरी दुई लाख ६० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानाको खोजतलास गर्ने क्रममा मंगलबार सिनामंगलबाट पक्राउ गरेको हाे ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ५७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच