एन्फा पदाधिकारीलाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन « Khabarhub

एन्फा पदाधिकारीलाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फाका पदाधिकारी अनावश्यक मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद ऐन विपरीत एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न आज मन्त्रालयले पत्राचार गरेको हो ।

खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार एन्फाले राखेपबाट स्वीकृति नलिई १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्यसैका लागि एन्फाले १० जना पदाधिकारीलाई भ्रमणमा लगेको हो ।

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलसँगै केही समय मलेसियामा अभ्यास गरेर सन् २०२६ को विश्वकपअन्तर्गत एसियाली छनोट खेल्न बहराइन जाँदैछ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होम र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।

एन्फाले मङ्गलबार खेलाडीबाहेक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षक प्रशिक्षकद्वय विनोद डङ्गोल र मनीष तिम्सिना, टोली व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट व्यवस्थापकमा ज्ञानबहादुर राई, टोली प्रमुखमा उपाध्यक्ष दीपक खतिवडा, एन्फा सदस्य महेन्द्र क्षेत्री, सिईओ इन्द्रमान तुलाधर, एन्फा जिल्ला सदस्यहरू भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई मलेसिया भ्रमणमा पठाएको थियो।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ५९ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य