आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ सालको पहिलो दिन, वैशाख १ गते शनिबारको राशिफल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। तदनुसार सन् २०२४ अप्रिल १३ तारिख। चैत शुक्ल पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नयाँ वर्षको दिन रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ।

वृष : तपाईंले गर्नुभएको राम्रो कामको चर्चा हुनेछ। श्रम गरेर अरुलाई खुशी बनाउने दिन हो। श्रम अर्थात् मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। गुरुको सुझावमा अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन : दिनभर मन अस्थिर भए पनि साँझ परेपछि मन शान्त हुनेछ। काममा बाधा र अवरोध देख्नुपर्ने हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंप्रति असन्तुष्टि देखिन सक्छन्। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ।

कर्कट : आकस्मिक लाभको योग छ। शेयर कारोबारमा ठुलो फाइदा हुने देखिन्छ। विदेशमा लगानी गरेको भए त्यसबाट राम्रो कमाइ हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंह : विशेष व्यक्तिसँग भेट हुने योग रहेको छ। यात्रामा जोखिम भएकाले सकेसम्म ननिस्कनु राम्रो हुन्छ। शिक्षामा सफलता हात लाग्नेछ। परिवारको माया पाउने दिन हो।

कन्या : नयाँ लुगा लगाउने अवसर मिल्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। तपाईंले न्याय पाउने दिन छ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त होला।

तुला : सुन्दर बन्न मन लाग्नेछ। खर्च बढी हुने भएकाले मुट्ठी कस्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। साथी र बन्धुको साथ मिल्नेछ। परिवारमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक : नयाँ वर्षको दिन तपाईंका लागि उल्लासमय बन्नेछ। मन खुशी हुनेछ। शुभ समाचार सुन्न पाइने छ। श्रम गरेको क्षेत्रमै फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : रमाइलो र मनोरञ्जनात्मक यात्रा हुनेछ। आज दिनभर साथी र आफन्तको साथ मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। सामाजिक सेवाको अवसर मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेट हुनेछ।

मकर : आर्थिक स्रोत सबल बन्नेछ। चलाखीपूर्ण तर्कले तपाईं फाइदामा पर्नुहुनेछ। समस्या देखियो भने सानो भनेर छोड्नु हुँदैन। खर्च बढी हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कुम्भ : नयाँ वर्षकै दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा उन्नति हुनेछ। निर्णय गर्नु अगाडि अरुलाई पर्खिने भन्दा आफू स्वयम् सुझबुझपूर्ण तरिकाले अगाडि बढ्नु राम्रो हुन्छ।

मीन : आफन्तको प्रगतिमा मन खुशी हुनेछ। घरमा आएका आफन्तले सम्मान दर्शाउने देखिन्छ। श्रम गरेको क्षेत्रबाट हुने आम्दानीले सन्तोष दिनेछ। धेरै मान्छेले तपाईंको पक्षमा बोल्नेछन्। दान गर्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : १६ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता