समृद्धिको जनचाहना पूरा गर्नुपर्छ : माधव नेपाल « Khabarhub

समृद्धिको जनचाहना पूरा गर्नुपर्छ : माधव नेपाल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताए ।

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय रहेको भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुखशान्तिको कामना गर्दै उनले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट आममानिसको हितमा काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ११ : ३३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६