मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल | Khabarhub Khabarhub

मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनुषा– नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।

कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ । देउतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ ।

चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । प्रायले देउतालाई चढाउने सातु जौको हुने गर्दछ ।

त्यस्तै सतुवाइन पर्वको भोलिपल्ट मधेसमा जुडशीतल पर्व मनाउने चलन छ । जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।

यो पर्वमा चना बदामको सातु, दाल, मनुंगा को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ ।

जुडशीतल पर्वमा खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस क्षेत्रमा यो पर्व सबै समुदायले मनाउने गर्दछन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ११ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग