नयाँ वर्षका दिन उत्सवमय चहलपहल « Khabarhub

नयाँ वर्षका दिन उत्सवमय चहलपहल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । 

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ ।

 भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुरामा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गरेका छन् । उनले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरे। 

 

सो अवसरमा उनले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : ०८ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका